समाचार

कांग्रेस युवा नेता पौडेलको सरकारलाई प्रश्नः सभामुख दिन नसक्नेहरुले के दिन सक्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सभामुख दिन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले ने.क.पाको आन्तरिक विवादले संघीय संसदको सभामुख चयन हुन नसकेको भन्दै सभामुख चयन गर्न नसकेर देशलाई बन्धक बनाउँन नपाईने बताएका हुन् ।

यसबाट सत्तारुढ पार्टीको नेतृत्व असफल साबित हुदैं गएको भन्दै प्रतिनिधिसभालाई निरन्तर अनिर्णयको बन्दी बनाइरहेको प्रति आपत्ति जनाएका छन् । केहीदिनदेखी उपसभामुख डा शीवमाया तुम्बआम्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गरिरहेकी छन् भने नेकपाले उनलाई राजीनामा दिन दबाब दिएको छ । उपसभामुख र नेकपाबीचको बिबादका कारण संसद बस्न सकेको छैन । यसैबीच बिभिन्न प्रतिकृयाहरु आईरहेका बेला नेपाल्ी काँग्रेसका केन्द्रीय सदस्य, नेविसंघका पुर्व निर्बाचित अध्यक्ष समेत रहेका पौडेलको उक्त प्रतिकृया आएको हो ।

उनको ट्वीटरः ने।क।पाको आन्तरिक विवादले संघिय संसदको सभामुख चयन हुनसकेको छैन । सभामुख चयन गर्न नसकेर देशलाई बन्धक बनाउँन पाइदैंन । सभामुख दिन नसक्नेहरुले के दिन सक्छन् रुयसबाट सत्तारुड पार्टीको नेतृत्व असफल साबित हुदैंछ । प्रतिनिधिसभालाइ निरन्तर अनिर्णयको बन्दी बनाइरहने आपत्तिजनक छ !