राजनीति

डा कोईरालाको आक्रोसः नेकपाले नै सार्वभौम संसदलाई बन्धक र अनिर्णयको बन्दी बनायो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सभामुख चयनमा पटक–पटकको स्थगन नै नेकपाको लोकतन्त्र र संसदीय व्यवस्थाप्रतिको बलियो प्रमाण भएको बताएका छन् ।

सामाजिक सञ्जल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन् । उनले नेकपाले नै सार्वभौम संसदलाई बन्धक र अनिर्णयको बन्दि बनाउने काम गरेको बताएका छन् ।

उनको ट्वीटरः सभामुख चयन विवाद र पटक–पटकको संसद स्थगन । नेकपाको लोकतन्त्र र संसदीय व्यवस्था प्रतिको अविश्वासको बलियो प्रमाण हो । नेकपाले नै सार्वभौम संसदलाई बन्धक र अनिर्णयको बन्दी बनाउॅने काम गर्यो ।