प्रवास

राप्ती समाजले पनि पर्यटन प्रवद्धनात्मक कार्यक्रम प्रारम्भ

जापान । राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रबर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासिहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन ।

जापानमा विश्भवरीका मान्छेहरु बिभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरुका मान्छेहरुलाई पनि बुझ्न सजिलो होस र सबैमा प्रचार गर्न सकियोस भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रर्शनिमा ल्याइएको हो ।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्मावमा टोक्योमा प्रत्यक बर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण बर्ष २०२० को बुथ नै राखेर प्रचार प्रसार गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन बर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गरॉइएको थियो । पर्यटकीय स्थलको श्रव्य दृष्य सामग्री, टिर्सट र पोष्टरहरुले जापानिजहरुलाई ध्यानआकर्षण गरेको थियो भने कितपय जापानिजहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरु सँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।

रेग्मीले भने ‘विदेशमा रहेका हरेक नेपाली पर्यटन दुत हुन् र त्यसैले सबैले आ आफनो ठाँउबाट यो अभियानको सफलताको लागि प्रयास गरेर जापानिज साथीहरुलाई नेपाल चिनाउन र भ्रमणको लागि उत्प्रेरित गर्न सके अझै राम्रो हुने छ ।’ यदि एक जना नेपालीले एक जना जापानी साथि नेपाल पठाउन सकेपनि पनि ९० हजार पर्यटक पठाउन सकिने रेग्मीको विश्वास छ । उहाँले भेटे जति जापानिज तथा बिभिन्न देशका मान्छेहरुलाई नेपाल भ्रमणको लागि निम्तो पनि दिइएको जानकारी दिए । गत बर्ष देखि नेपाल वायु सेवा निगमले पनि ओसाका काठमाण्डौ सिधा उडान शुरु गरेको र यसै बर्ष देखि नारिता देखि टोक्यो र काठमाण्डौ सिधा उडानको शुरुवात गर्ने घोषणा गरिसकेकोले नेपाल पर्यटनको जापानी बजारमा यसले राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।

बिभिन्न देशहरुमा भ्रमण बर्षको प्रचार प्रसार भइरहदा समाजले आफ्नो क्षेत्रबाट पहल अगाडी बढाएको र समाजका सबै पदाधिकारीहरुलाई सामाजिक संजाल फेसबुकहरु मार्फत पर्यटन सम्बन्धी लेख रचना फोटाहरु राख्न पनि अनुरोध गरेको समाजका अध्यक्ष युवराज रेग्मीले बताए । प्रचारप्रसारलाई तीब्रता दिन बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने लागिएको र नेपालको गुणस्तरीय पर्यटन क्षेत्र भएको भन्दै आ आफ्नो क्षेत्रबाट नेपाल भ्रमणको प्रचार प्रसार गर्नु बिकल्प नभपछि लागि परेको उहाको भनाइ छ ।

बीस लाख पर्यटक नेपाल भित्राउने लक्ष्य सहित बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ नेपालमा जनवरी १ तारिख र विदेश स्थित नियोगहरुमा जनवरी ७ तारिखबाट गरिएको छ । विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आ आफ्नो ठाउँबाट स्वस्फुर्त प्रचार प्रसारमा सक्रिय हुन थालेका छन् ।