आर्थिक

मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको रु ३ लाख सहयोग

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीयपक्षघात समुह नेपाललाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंककानायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्।

ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।