मनोरञ्जन

सुशान कुँईकेलको दोहोरी ब्याटल ‘फुच्ची” सार्वजनिक  

काठमाडौं । गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत ‘फुच्ची’ सार्वजनिक भएको छ ।
गायक सुशान कुँईकेल बहुप्रतिभाका गायक हुन् । गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला । केहि समय अघि उनको आवाजमा ‘कान्छी’ बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो । सोहि अनुरुप उनले अहिले लोक पप दोहोरी ब्याटल ‘फुच्ची’ गीत बजार ल्याएको केहि समयमै उनको गीतको चर्चा परिचर्चा हुन लागेको छ ।
गायक सुशानलाई गायकीमा गायिका जितु लोप्चनले साथ दिएकी छन् । गीतमा रुपक अधिकारि शब्द, बाल कृष्ण सेवाचार्यको संगीत तथा संगीत संयोजन रहेको छ भने गीतको भिडियोमा निर्देशन बाल कृष्ण सेवाक छायाँकन तथा भिडियो सम्पादन अशोक रंजितको रहेको छ ।
उक्त भिडियोमा गायक सुशान कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको रमाईलो अभिनय देख्न पाईन्छ। गायक सुशान भन्छन, “यो दोहोरी ब्याटल टाईपको गीत हो, यसमा सिम्पल टिपिकल र समय सान्दर्भिक शब्दहरु समावेश छन् । आशा छ यो मेरो गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनुहुने छ ।”
गीतको भिडियोलाई फ्लुत्तेर म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।