समाचार

च्याम्पियनसीप वल्ड रेकर्डमा नेपालवाट पहिलोपटक मनिश सफल भए नाम लेख्न

काठमाडौं । सुन्दा र हेर्दा अचम्म लाग्न सक्छ की एउटा खुट्टा काधमा एउटा खुट्टा मोटरसाइकलको ह्याण्डीलमा राखेर एउटा हातले नेपालको झण्डा समाएर मोटरसाइकल चलाएर गिनिज बुक अफ वल्ड रेकर्ड च्याम्पियनसीपमा नाम लेख्न सफल भयो भन्दा । तर उदयपुरका एक युवा तथा गायक, मोडेल मनिश श्रेष्ठले यो क्रीतिमानी कायम गरेका छन् । 

श्रेष्ठले एउटा खुट्टा काधमा एउटा खुट्टा मोटरसाइकलको मा राखेर एउटा हातले नेपालको झण्डा समाएर मोटरसाइकल चलाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेख्न सफल भएका छन् । संगीत क्षेत्रमा पनि निकै सक्रिय श्रेष्ठले मोटरसाइकल यात्रा गरेर गिनिज बुकमा नाम लेख्न सफल हुँदा धेरै खुसी भएको र मेरो व्यक्तिगत खुसी मात्र होइन नेपालको लागि पनि खुसीको कुरा भएको बताए ।

लाइन्स क्लब अफ काठमाडौं लर्ड बुद्धले आयोजना गरेको कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्ड च्याम्पियनसीपमा नाम लेख्न सफल भए । गोल्डेल मेडलसहित च्याम्पियनसीप वल्ड रेकर्डमा नेपालवाट पहिलोपटक नाम लेख्न सफल भएका छन् । त्यस्तैगरी उल्टो मोटरसाइकल यात्रा गरेर चीत्रकुरा कार्कीले पनि गोल्डेन मेडल पाएका छन् । उनले पनि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखिसकेका छन् ।