समाचार

निर्वाचन प्रभावित हुने गरी सरुवा, बढुवा केहि नगर्नु- निर्वाचन आयोग

काठमाडौं । माघ-९ गते तय भएको राष्ट्रियसभाका १८ रिक्त स्थानको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजबाट सरकारदेखि पर्यवेक्षकसम्मलाई लागू हुनेगरी आचारसंहिता जारी गरेको छ ।

आयोगले आचारसंहिता लागू भइसकेको जानकारी गराउँदै निर्वाचन प्रभावित हुने गरी सरुवा, बढुवादेखि लिएर मतदातालाई प्रभावमा पार्नेसम्मका गतिविधि नगर्न निर्देशनसमेत दिएको छ ।

आयोगका अनुसार निम्न संस्था र व्यक्तिका लागि आचारसंहिता लागू भएको छ ।

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र स्थानीय तह,
(ग) प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा        सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजीक्षेत्रका सञ्चारमाध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी