राजनीति

नेकपाले आपसी झगडा गर्दै संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै काँग्रेसको कडा आक्रोस

काठमाडौं । नेपाली काँग्रेसले संसदलाई नेकपाले दलगत अखडा बनाएको भनद्यै आपत्ती जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुस्खद छ, नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको भनेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिीको विज्ञप्तीमा उल्लेख छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ ितर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
‘स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ ।’ काँग्रेसले चेतावनी दिलएको छ ।