समाचार

तत्कालीन प्रधानमन्त्री देउवाले तोकोको हेटौंडा नै प्रदेश ३ को राजधानी पारित, नाम भने बाग्मती

हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा भएको छ । आज बसेको प्रदेश सभा बैठकको बहुमतले हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी तय गरेको हो । काभ्रेलाई राजधानी बनाउन माग हुंदै प्रस्ताव दर्ता भएपनि उक्त प्रस्ताव अस्वीकृत भएको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका बेला अस्थायी राजधानीका रुपमा बनेको हेटौंडालाई राजधानी सार्ने प्रयास भएपनि अन्नतः हेटौंडालाई नै मान्यता दिएको छ । नेकपाले पनि हेटौंडालाई नै राजधानी बनाउने र बाग्मती प्रदेशको नाम मान्ने बिषयलाई पास गरेको थियो । नेकपाका केही उच्च नेताहरु भने भक्तपुर वा काभ्रे प्रदेश ३ को राजधानी बनाउन अन्तिम समयसम्म लविङ गरिरहेका थिए ।

अन्ततोगत्व काँग्रेसलाई तत्कालीन अवस्थामा राजधानी हेटौंडा बनाउन सहयोग गर्ने राप्रपा, राप्रपा संयुक्तले समेत राजधानी उही स्थानमा भएकोमा खुशीयाली ब्यक्त गरेका छन् । कमल थापाले ट्वीट नै गरेर राजधानी हेटौंडा भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रदेश ३ मा नाम र राजधानीको बिषयमा भएको मतदान
कुल संख्या–११० सदस्य
उपस्थित– १०८
नामः बागमति
राजधानी हेटौंडा
पक्षमा –१०५ मत
विपक्षमा – ३ मत