समाचार

पृथ्वी जयन्तीमा ज्ञानेन्द्र गम्भीर: नेपाल सधैं स्वतन्त्र, अबिभाज्य, शान्त र अखण्ड हुनुपर्छ

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वप्नारायण शाहको दिव्योपदेश अहिले झनै सान्दर्भिक भएको बताउँदै राष्ट्र निर्माणको लागि वैज्ञानिक ढंगले अडाढी बढ्नुपर्ने समय आएको बताएका छन् । पृथ्वी जयन्तीके अवशरमा एक विज्ञप्ती जारी गर्दै उनले बोल्न, लेख्न र गरत कुराको विरोध गर्न पाउनुपर्ने परम्पराको अन्त्य हुन नहुने भन्दै नेपाल सदाका स्वतन्त्र, अबिभाज्य, शान्त र अखण्ड हुनुपर्ने आफूहरुको पुरानै धारणा यथावत रहेको बताएका छन् ।

पुर्व राजा त्रानेनद्रले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’ पुर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मजयन्ीका अवशरमा, पृथ्वी जयन्तीका अवशरमा लगायत बेला बेलामा विज्ञप्ती जारी गर्ने गरेका छन् । पुर्ब राजा ज्ञानेन्द्र शाह बोल्दा राजनीतिकबृतमा माहौल तात्ने गरेको छ । पछिललाने समयमा राजतन्त्रको बहस चलिरहँदा राष्ट्रिय एकताका प्रतीकका रुपमा रहेका पृथ्बी नारायण शाहको जन्मजयन्तीका अवशरमा पुन माहौल तातेको छ ।