सामाजिक सञ्जाल

डा आचार्यको व्यंग्यः विदेशीलाई स्वाभिमान बेचेकालाई पृथ्वी जयन्तीको महत्व हुन्न, हामी अझै धेरै सम्मान गरौं

काठमाडौं । संबिधानविद डा भीमार्जुन आचार्यले पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन भनेका छन् । डा आचार्यले सामाजिक सञ्जालमा लेख्दै विदेशीका सामु आफ्नो स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व हुने कुरै भएन, भन्दैपृथ्वी जयन्ती नमनाउनेहरुलाई कडा व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘उनीहरूलाई परास्त गर्न पनि राष्ट्रिय एकता दिवस धुमधामले मनाउँनु पर्छ र पृथ्वीनारायण शाहलाई अझ धेरै सम्मान गर्नु पर्दछ जसले कुनैबेला राष्ट्रिय एकताका प्रतिक पृथ्बीनारायाण शाहको शालीक फोडे, सरकारी क्यालेण्डरबाट बिदा mिभकिदिए, जातजातीबिच झगडा लगाउने दुश्प्रयास गरे ।’

डा आचार्यकै शब्दमा पृथ्बी जयनतीः पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन। नेपाल राष्ट्र निर्माणमा उनलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिएको भए पनि नेतृत्व र भिजन उनकै हो। हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा थियो र हो । विदेशीका सामु आफ्नो स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व हुने कुरै भएन । बरू उनीहरु यसलाई धुमिल बनाउन लागि रहे। यसका लागि उनीहरुले राष्ट्रिय एकता दिवसलाई सरकारी क्यलेण्डरबाट झिकिदिए। पृथ्वीनारायण शाहको मूर्ति फोडन लगाएँ। जातजातिका बीचमा द्वेष सिर्जना गराए। तथापि, उनीहरुले देश बिखण्डन गर्ने सम्मको लक्ष्य अझै प्राप्त गर्न सकेका छैनन् । उनीहरूलाई परास्त गर्न पनि राष्ट्रिय एकता दिवस धुमधामले मनाउँनु पर्छ र पृथ्वीनारायण शाहलाई अझ धेरै सम्मान गर्नु पर्दछ । यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु । जय राष्ट्रिय एकता दिवस!