मनोरञ्जन

श्रृङ्खलाको आवाज, कृष्ण लिम्बुको संगीतमा ‘तिम्रो आवाज’(भिडियो)

काठमाडौं । गायिका श्रृङ्खला जोशीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो आवाज’ बोलकोगीतको संगीत उदय सोताङ्गले गरेका हुन् । बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको यसगितमा कृष्ण लिम्बुको संगीत संयोजन रहेकोछ ।

द भ्वाइस अफ नेपालको सिजन दुई मा सहभागी भएर चर्चामा आएकी श्रृङ्खलाको यो पहिलो गीत हो । यसको भिडियो राजधानीमाआयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । यसमा गायिका स्वयंले अभिनय गरेकि छिन् । साथमा उनलाई अभिनेताअजस्र ढुंगानाले साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । नविन निरौलाको सम्पादन रहेको गितमा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय देख्न सकिन्छ। श्रृङखला वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।