सूचना प्रविधि

क्यान महासंघ पर्साको भोलेन्टियर मिट सम्पन्न

वीरगंज । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ पर्सा (क्यान महासंघ) को भोलेन्टियर मिट सम्पन्न भएको छ । क्यान महासंघ पर्साले क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा आगामी माघ ९ देखि १३ गते सम्म वीरगंजको नगर सभा गृह (टाउन हल)मा आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२० का लागि स्वयंसेवक (भोलेन्टियर) मिट सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिका कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा लगभग ४५ सहभागीलाई सृजनशिल युवाहरुको समुह संस्कृतिकी अध्यक्ष शैली चौधरीले सहभागीहरुलाई नेतृत्व विकास र भोलेन्टियरशिप बारे अभिमुखीकरण गरेकी थीइन ।

चौधरीले भोलेन्टियर गर्न नेतृत्व विकास गर्न महत्वपूर्ण रहेको बताईन । उनले भोलेन्टियरशिप नेतृत्वमा पुग्ने पहिलो सिडि भएको बताउदै सबैलाई कुनै पनि हिसाबले भोलेन्टियर गर्न आवश्यक भएको बताईंन् ।

कार्यक्रममा क्यान महासंघ पर्साका सह(सचिव गणेश सर्राफ, सदस्यहरु सुरज बाबु पटेल, आशु कुमार सर्राफ, पुनम सर्राफ, निक्की रौनियार, दिलिप चौधरी, रंजन कुशवाह र संस्कृतिका किरण गिरि, मनिषा शर्मा, विवेक बरनवाल, आयुष पोख्रेललगयातको उपस्थिति रहेको थियो ।