खेलकुद

गिरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा गोल्ड कपका लागि खेलकुद समिति गठन

मंसिर । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम गोल्ड कपको समितिहरुको चयन गरेको छ । मसिंर १८ गते देखि हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आज खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको छ ।

फाउण्डेशन र्पसाका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज गुप्ताले जनाएका छन ।

फाउण्डेशनले ५० सदस्यि मुल समितिको चयन गरेको छ । ९ उप-समितिले सम्पुर्ण गतिविधि तथा व्यवस्थापन मिलाउने र्निणय गरेको मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए ।

बसेको बैठकले पुरस्कार तथा अतिथि सत्कार समितिमा मिंटु देवि सिंह, मञ्च तथा ग्राउण्ड व्यवस्थापन समिति धिरज कुमार गुप्ता, अर्थ समितिमा मनोज राउत कुर्मी, प्रचार प्रसार समितिमा शेखर छतकुलि, इरफान अलि तथा लाल किशोर सिंह ,होटल तथा खाना व्यवस्थापन समिति सन्तोष सिंह, प्रथमिक उपचार समिति जयमोद ठाकुर, यातायात समिति जयमंगल कापर लगायतका व्यतिmहरुलाई जिम्मा लगाएको छ ।

फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथि माननिय ओम प्रकाश शर्मा, प्रेश युनियन पर्साका उपाध्यक्ष शेखर छतकुलि, लाल किशोर सिंह, ईरफान अलि, मनोहर साह, धिरज कुमार गुप्ता, दिलिपराज कार्की, सन्तोष सिंह, मनोज राउत कुर्मि, वडा नं १५ का वडाध्यक्ष गजेन्द्र पटेल, कालु सिंह, जितेन्द्र सिंह, शेख निजामुदिन, कमलेश कुमार र्कण अख्तर अंसारी नगेन्द्र चौधरी लगायतका फाउण्डेशन र्पसाका सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।