लुम्बिनी

दलित पत्रकार संघको प्रथम प्रदेश भेला आईतबारदेखी

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ वटै जिल्लामा क्रियाशिल करिव १ सय दलित समुदायका पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएका छन् ।

उद्घाटन सत्र अघि दलित समुदायका पत्रकार तथा अधिकारकर्मी एंव सांसद र जनप्रतिनिधिहरुको समेत सहभागितामा विहान कपिलबस्तुको चन्द्रौटा बजारमा (याली निकाल्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए ।

उहाँले देशैभर प्रदेश र जिल्ला शाखा विस्तारमा रहेको संघले भेदभावविरुद्ध सशक्त रुपमा उत्रने गरि आफ्नो अभियानलाई अघि बढाइएको जानकारी दिए । कपिलबस्तुको चन्द्रौटा ऐतिहासिक ठाउँ र प्रदेशको मध्यभागमा रहेकाले समेत संघको प्रथम ऐतहासिक भेला राखिएको पहाडीले बताए ।

भेलामा नेपाल पत्रकार महासंघ, सहित पत्रकार सम्बद्ध संघसंस्था, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी हुने प्रदेश ५ भेला व्यवस्थापन समितिका संयोजक चिन्ता परियारले जनाएको छ ।

उद्घाटनसत्रपछि बन्दसत्रमा नयाँ नेतृत्व र दलित समुदायका पत्रकारहरुको भूमिकाका बारेमा छलफल हुने छ । भेला प्रदेशको नेतृत्व चयन गरि आईतबार नै सकिने जनाइएको छ ।

विसं २०७६ जेठ २१ गते संघको स्थापना भएको हो । संघले अहिले सम्म २५ जिल्ला भन्दा बढी कार्यसमिति गठन गरिसकेको छ । दलित पत्रकार संघमा देशभर क्रियाशील करीब १ हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन रहेको छ ।

दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारको समेत स्थापना पनि गरेको छ ।