पु.समाचार

रगतको अभाव हटाउन रक्तदान गर्न गगन थापाको युवाहरुलाई सार्बजनिक आह्वान

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एबम् केन्द्रीय सदस्य गगन थापाले रक्तदानका लागि आह्वान गरेका छन् । काठमाडौंको मैतीदेवीमा स्थानीय युवा क्लवले आयोजना गरेको आजको रक्तदान कार्यक्रममा उपस्थिति भएर रक्तदान गर्न उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरेका हुन् ।

कसैले गरेको रक्तदानका कारण जिवनमरणको मानिसको ज्यान बच्न सक्ने भन्दै रक्तदानमा उपस्थित हुन नेता थापाले आह्वान गरेका हुन् । उनले बेलुकीसम्म रक्तदानमा सहभागी भई रगत अभावलाई कमी गर्न आग्रह गरेका छन् । रक्रदाताहरुबिहशानैदेखी रक्तदानमा सहभागी भएर रक्तदान गरिरहेको तस्विर सार्बजनिक गर्दै नेता थापाले आह्वान गरेको ट्वीट गरेका हुन् । मुलुकभर बिभिन्न संघसंस्था तथा व्यापारीक प्रतिष्ठानहरुले बिभिन्न रुपले रक्रदान कार्यक्रम गरि रक्त संकलन गरिरहेका हुन्छन् । यसैबीच नेता थापा मैतीदेवी युवा क्लवको कार्यक्रममा उपस्थित भएर रक्तदान कार्यक्रमलाई हौसला दिएका हुन् ।

रक्त संचार केन्द्रले ‘रक्तदान जिवन दान’ भनेर प्रचार गरिरहेको छ भने रक्तदान गर्नु विश्वब्यापी रुपमा पुनित कार्यको रुपमा लिईन्छ ।

 

उनको ट्वीटः मैतिदेवि युवा क्लबलको आयोजनामा, मैतिदेवी मन्दिर अगाडि खुल्ला रक्तदान कार्यक्रम आयोजना भइरहेको छ। तपाईंले गरेको रक्तदानले कसैको जिवन बचाउन सक्छ। दिउँसो ३ बजे सम्म हुने यस कार्यक्रममा सहभागी भई रगत अभावलाई कम गर्न सहयोग गरौं।