पु.समाचार

काँग्रेस र नेकपाको हेटौंडामा मिल्यो कुरा, हेटौंडा/भक्तपुर वा काभ्रे कहाँ सही होला त ?

हेटौंडा । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् ।

आजै दिउँसो हुने प्रतिनिधिसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । उक्त प्रस्तावलाई समर्थन गर्नेहरुमा प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ लगायत छन् । राप्रपा अध्यक्ष कमल थापाले हेटौंडालाई राजधानी बनाउन प्रयास गरिरहेका छन्। काँग्रेसले ह्वीप नै जारी गरेर हेटौंडालाई राजधानी बनाउन भनेको छ भने नेकपाका पुष्पवकमल दहाल पक्षले हेटौंडाका व्यापारी अजयराज सुमार्गीमार्फत हेटौंडा राजधानी बनाउन लविङ गरिरहेको बुझिएको छ ।

राजधानी हेटौंडा नै हुने निश्चित भएपछि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका महेश बस्नेतले भक्तपुर बनाउन र अर्कँ सरकारका शक्तीसाली मन्त्री गोकुल बास्केटाले काभ्रे बनाउन लविङ गरिरहेकाले यहा नै हुन्छ भनेर ठोकुवा भने गर्नसकिने अवस्था छैन । यसकारलाई हेटौंडा बनाउँदा तोकिईसकेको स्थान भएकोले सहज होला । हेटौंडाबाट सार्दा भने ब्यानपक बिरोध हुने सम्भावना रहन्छ । हेटौंडा नै हुँदा लबिरोध भएपनि सरकारको नियन्त्रण भन्दा बाहिर नहोला ।

यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन् । समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन् ।

सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताए ।

यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।