पु.समाचार

महतोलाई ट्रिपरले किचेर हत्या गर्नेलाई तत्काल कारबाही गर्नुस्ः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धनुषमा भएको हत्याकाण्डको छानबीन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

अध्यक्ष थापाले आज ट्वीटर मार्फत यस्तो माग गरेका हुन् ।  उनले धनुषामा अवैध उत्खननको विरोध गर्दै आएका दिलिप कुमार महतोलाई क्रसर संचालकहरुले योजनाबद्धरुपमा ट्रिपरले किचाएर हत्या गरिएको आशंका रहेको रहेको बताएका छन् । 

उनले सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

उनको ट्वीटरः धनुषामा अवैध उत्खननको विरोध गर्दै आएका दिलिप कुमार महतोलाई क्रसर संचालकहरुले योजनाबद्धरुपमा ट्रिपरले किचाएर हत्या गरिएको आशंका रहेको छ। सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्दछु