पु.समाचार

महतो हत्या प्रकरणमा बोल्यो कांग्रेसः अपराधीलाई कडा सजाय नै पीडितका लागि मल्हम

काठमाडौं । नेपाली कांग्रेसले धनुषामा भएकोे घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा अवैध उत्खनन मार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको प्रति ध्यानाकषर्ण जनाएका छन् ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको थियो ।

प्रवक्ता शर्माले उक्त घटनामा संलग्नलाई कडा कारबाही गरी न्यायप्रतिको विश्वास जल्न नदिन पनि आग्रह गरेका छन् । साथै उनले क्रसर हुन् या टिपर अवैध र अराजकता नियन्त्रणमा कठोरता जरुरी रहेको बताएका छन् ।

साथै एउटा मृत्युको समाचार भोलिपल्टै ञबासीझ बन्छ मिडियामा, तर सम्बन्धित परिवारको पिडा सदैव ताजा रहन्छ, जनकपुरमा जल्दैछ दिलीपसंगै परिवारको खुशी र सपना भन्दै दुखी भावना व्यक्त गरेका छन् ।

 

उनको ट्वीटरः एउटा मृत्युको समाचार भोलिपल्टै ञबासीझ बन्छ मिडियामा,तर सम्बन्धित परिवारको पिडा सदैव ताजा रहन्छ १ जनकपुरमा जल्दैछ दिलीपसंगै परिवारको खुशी र सपना न्यायप्रतिको विश्वास जल्नुहुन्न दोषीलाई दण्ड परिवारलाई मल्हम बन्छ क्रसर हुन् या टिपर अवैध र अराजकता नियन्त्रणमा कठोरता जरुरी छ ।