राजनीति

डा कोईरालाको आक्रोसः ओली नेतृत्वको सरकार संस्थागत र संगठित भ्रष्टचारमा लिप्त

काठमाडौं । नेपाली कांग्रेका नेता डा. शेखर कोईरालाले वर्तमान ओली नेतृत्वको सरकार संस्थागत र संगठित भ्रष्टचारमा लिप्त भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत महामन्त्री कोईरालाले यस्तो बताएका हुन् ।

उनले संसदिय समितीको सिफारिसमा दुरसंचार प्राधिकरण र सर्वोच्च अदालतको फैसलाबाट खारेजीमा परेको ३ सेवाप्रदायक कम्पनीलाई ब्युताउॅने मन्त्रिपरिषदको निर्णयले सरकार कसरी संस्थागत र संगठित भ्रष्टाचारमा लिप्त भएको छ भन्ने कुरा प्रष्ट पार्ने बताए ।

साथै उनले चरम भ्रष्टाचारको यो भन्दा अर्को उदाहरण के हुन सक्ला भन्दै आक्रोस व्यक्त गरेका छन् ।

 

उनको ट्वीटरः संसदिय समितीको सिफारिसमा दुरसंचार प्राधिकरण र सर्वोच्च अदालतको फैसलाबाट खारेजीमा परेको ३ सेवाप्रदायक कम्पनीलाई ब्युताउॅने मन्त्रिपरिषदको निर्णयले सरकार कसरी संस्थागत र संगठित भ्रष्टाचारमा लिप्त भएको छ भन्ने कुरा प्रष्ट पारेको छ । चरम भ्रष्टाचारको यो भन्दा अर्को उदाहरण के हुन सक्ला ।