खेलकुद

पन्जाब एफसी भारतको आई लिगमा बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतको आई लिगमा बराबरी खेलेको छ ।

शुक्रबार भएको खेलमा पन्जाबले रियल कास्मिरसँग १(१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पन्जाबले बराबरी खेलेको हो ।

खेलको २१ औं मिनेटमा माकन विन्क्ल चोटेले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा ग्नोहोर क्रिजोले गोल गर्दै कास्मिरलाई हारबाट जोगाए ।

यो बराबरीसँगै पन्जाबले ७ खेलमा १० अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा रहेको छ । ६ अंक जोडेको कास्मिर लिगको आठौं स्थानमा रहेको छ ।