राजनीति

काँग्रेस एकढिक्का भएर निर्बाचन लडे आगाडी निर्बाचनमा कन्फर्म अत्याधिक बहुमतः सूजाता कोईराला

ललीतपुर । नेपाली काँगेसकी केन्द्रीय सदस्य सूजाता कोईरालाले काँग्रेस एकढिक्का भएर निर्बाचन लडे आगामी निर्बाचनमा कन्र्फम अत्याधीक बहुमत आउने दलाबी गरेकी छन् । गिरिजा प्रसाद कोईराला फाउण्डेशन ललीतपुर साखाले गरेको कार्यक्रममा पत्रकारहरुसाग बोल्दै नेतृतवको एकलौट निर्णय गर्ने परम्पराका कारण गुटबन्दी हावी भएको बताउँदै काँग्रेस बलियो बनाउने हो भने छाती ठूलो बनाउनुपर्ने बताईन् ।

पुर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोईरालाले पछिल्लो समय काँग्रेस केन्द्रदेखी वडासम्ममा गुटबनदी बढ्दै गएको भन्दै यसबाट काँग्रेस कमजोर हुने भन्दा पनि लोकतन्त्र नै कमजाचेर भएको बताईन् । उनले आक्रोशित हुंदै नेपाली काँग्रेसलाई सही बाटोमा हिँडाउन गिरिजाबाबुले गरेको योगदानको कदर गर्दै देशलाई सही बाटोमा हिँडाउने लक्षका साथ गिरिजा प्रसाद फाउण्डेशन खोलिएको र यसले देश तथा बिदेशमा यस्तै अभियान चलाएको दाबी गरिन् ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गरिजाबाबुले लोकतन्त्रका लागि गरेको योगदान काँग्रेसले बिर्षन नसक्ने भन्दै सभापति देउवाले गरेका गलत निर्णय फिर्ता लिएर काँग्रेसभित्र सहमतीको वातावरण निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा नेता प्रदीप पौडेलले सरकारले सूचना बिधेयकका नाममा ल्याउन लागेको अधिनायकबाद फिर्ता नलिए समस्या हुने बताए ।