मनोरञ्जन

गोपाीकृष्णद्वारा ‘पर्खी बसें २’ निर्माणको छायाँकन शुरुको घोषणा, दर्शकको मन जित्ने विश्वास

काठमाडौं । काठमाडौंमा अवस्थीत गोपीकृष्ण मुभिजको लगानीमा ‘पर्खी बसें २’ सिरिज बन्ने पक्का भएको छ । गोपीकृष्ण मुभिजको तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टूडियोको तर्फबाट विनोद सापकोटाले हिमालयन मूभिसंग सहकार्य गर्ने शर्तमा हस्ताक्षर गरेपछि उक्त चलचित्र बन्ने पक्का भएको हो ।

राजवल्लव कोईराला र युना उप्रती अभिनित डेब्यु हिट भएपछि गोपीकृष्ण मूभिजले चलचित्र निर्माण गर्न लागेको बताईएको छ ।

कथा र निर्देशन शौरभ चौधरीले गरेको पर्खी बसेंका सहनिर्माता तीर्थ पौडेल र प्रदीप दहाल हुन् ।

तत्कालै छायाँकन शुरु गरिने बताइएको पर्खी बसें’ले बजार तताउँदै दर्शकहरुको मन जित्ने अपेक्षा निर्देशकको छ । गोपीकृष्ण मूभिजले दर्शकहरुमाझ राम्रा नेपाली सिनेमाहरु बनाउँदै दर्शकहरुको मन जित्दै आएको छ ।