पु.समाचार

प्रधानमन्त्रीले दिए उपेन्द्र यादव र राईले सम्हालेको मन्त्रालय बाँस्कोटा र ढकाललाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले थप मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(शुक्रबार) प्रधानमन्त्रीको सिफारिसमा ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टीले  सरकार छाडेपछि उपेन्द्र यादव र सोही पार्टीका मोहम्मद इस्तियाक राईले सम्हालेका ती मन्त्रालयहरू प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।