पु.समाचार

३६ वर्षदेखि साङ्गलोमा बाधिएका ‘खड्का’को उपप्रमुखद्वारा उद्धार

इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ वर्षदेखि साङ्गलोमा बाधिएर राखेका एक जना व्यक्तिको उद्धार गरेका छन् । इटहरी २० का ५३ वर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी हुन् ।

उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढने गाढीमै राखेर उनलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो । धेरै वर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाई छ । खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले बताएका छन ।

उनी२०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारजनले बताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए । आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ ।

उपचारमा उनीसगै धरान गएका उनका भाईले स्थानीय सरकार भगवान जस्तै बनेर आएको प्रतिक्रिया दिए। खडकाको नि: शूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उनको स्वास्थ्य परीक्षण शुरु गरेका छन् ।