आर्थिक

पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको फलेम प्रो पाइप्स एण्ड फिटिङस्

ललितपुर । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुप Chlorinated Polyvinyl Chloride (सीपीभीसी) को नयाँ“ दुई ग्रेडकोफलेम प्रो पाईप तथा फिटिङ्गस्  र ट्रान्सप्यारेन्ट  फिटिङस् देश भित्राउन सफल भएको छ । उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण एक पत्रकार सम्मेलन मार्फत यही जनवरी १०, २०२० मा होटल र्याडिसनमा गरियो ।

साथै फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई Fire Sprinkler को लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी Transparent Fittings तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज SEKISUI कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने रISO 9001:20015 बाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो क्ष्क्क्ष् चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।