समाचार

पुरानो मेडिकल कलेज चितवन र उद्द्योग  वाणिज्य संघ चितवनबिच आपसी सहकार्य

पुरानो मेडिकल कलेज चितवन र उद्द्योग वाणिज्य संघ चितवनबिच आपसी सहकार्यसम्बन्धी स्मरण पत्र नवीकरण भएको छ । गत वर्ष पनि उद्द्योग वाणिज्य संघका सम्पुर्ण वैधसदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरणपत्रमा हस्ताक्षर भएको थियो ।

यस वर्ष उक्त स्मरणपत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्द्योग वाणिज्य संघका स्वास्थ्य समिती प्रमुख शिरीष पन्तले बताए । निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्द्योग वाणिज्य संघ चितवनका सम्पुर्ण वैधसदस्यहरुले अस्पताल तर्फका सम्पुर्ण सेवामा २०५ छुट पाउने छन् ।