समाचार

युनिक सहकारीको आय २५ प्रतिशतले वृद्धि

काठमाडौँ । युनिक बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा २४ दशमलव ५७ प्रतिशतले आय बढेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न शीर्षकमा रु दुई करोड ९५ लाख तीन हजार आम्दानी आज यहाँ भएको एघारौँ वार्षिक साधारणसभाका अवसरमा जानकारी दिइयो ।

अध्यक्ष मिथिला खड्काका अनुसार विभिन्न शीर्षकअन्तर्गत रु दुई करोड ६५ लाख २८ हजार खर्च भएको छ । साधारणसभाले लेखापरीक्षण प्रतिवेदन, आव २०७६/७७ को आनुमानित आयव्यय, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

आव २०७५/७६ मा संस्थाको सदस्य सङ्ख्या एक हजार ९२२ पुगेको र शेयर रकम रु एक करोड २४ लाख तीन हजार ७०० सङ्कलन भएको छ । त्यस्तै बचत रकम रु १६ करोड ५४ लाख ११ हजार ४६६ रहेको, ऋण लगानी रकम रु १६ करोड २१ लाख २७ हजार २५४ पुगेको साधारणसभामा जानकारी दिइयो ।

साधारणसभाको उद्घाटनमा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, समाजसेवी प्रकाश रायमाझी, नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रा डा केदारनाथ शर्मा, राष्ट्रिय सहकारी बैंकका व्यवस्थापक सुनिल महर्जनलगायतले शुभकामना दिँदै नेपालमा सहकारी क्षेत्रले पु¥याएको योगदानबारे चर्चा गरेको थियो ।