पु.समाचार

आफ्नै जग्गाको क्रसर उद्योगमा टिपरले किचेर दिलीपको हत्या

जनकपुरधाम । विभिन्न खालका घटनाहरु दिनदिनै बढ्दै छ । कहिले बलात्कार र कहिले हत्या, कहिले सडक दुर्घटना जस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ। यहि कारण कतिले ज्यान गुमाउन बाध्य भएका छन् । यस्तै खालको घटना आज शुक्रबार पनि जनकपुरधाममा भएको छ ।

आफ्नै ५ कठ्ठा जग्गा क्रसर उद्योगको लागि दिएका दिलीपकुमार महतोको शुक्रबार विहान टिपरले किचेर हत्या भएको छ । चुरियामाई क्रसर उद्योग सञ्चालन गर्दै आएका उद्योगी बिपिन महतोलाई भाडामा जग्गा दिएका थिए । परिवारका सदस्यहरुले दिलीपकुमार महतोलाई कुटपिट गरेर हत्या गरेको र त्यसपछि टिपरले किचेको दाबी गरेका छन् ।

तीन दिन अघि मात्र ‘आफ्नो छोरालाई सम्झाइहाल, कतिखेर (ज्यान) जान्छ थाहा छैन’ भनेर धम्की दिएको तकका बुवा रामजीवन महतो बताए । दिलीपले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै साथीहरुसँग छलफल तथा विरोध गर्ने गर्दै आएका थिए ।