पर्यटन/संस्कृति

यस कारण त्रिभुवन विमानस्थलमा हिटर र एसी नचलाउन आग्रह

काठमाडौं । पछिल्लो समय निकै जाडो बढेपछि विधुतको पनि माग बढ्दै गएको छ । यहि कारणले गर्दा त्रिभुवन विमानस्थलमा विद्युतको माग बढेसँगै विमानस्थलमा चाहिने जति विद्यूत आपूर्ति नभएपछि एक सूचना जारी गरेको छ ।

सूचनाअनुसार विविमानस्थल कार्यालयमा अत्यावश्यक विद्युतीय उपकरणबाहेक हिटर, एयरकन्डिसनिङजस्ता बढी विद्युत खपत गर्ने उपकरणको अनावश्यक प्रयोग नगर्न आग्रह गरेको छ । विमानस्थलभित्रका सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, भन्सार कार्यालय, वायुसेवा कम्पनी, विभिन्न पसललगायत सरोकारवालालाई आग्रह गरेका हुन् ।