मनोरञ्जन

‘छपाक’को समिक्षा : सुन्दरताको परिभाषा बदल्ने मालतीको कथा

प्रत्येक अँध्यारो गुफाको पछिल्लो कुनामा उज्यालोको अनुहार भेटिन्छ । ‘हाउसफुल-४’ र ‘घोस्ट स्टोरिज’को चर्चा चलिरहेको यस वखत ‘छपाक’ केहि यस्तै काम गर्छ ।

छ्पाक एक आवाज हो, जो कुनै तरल पदार्थ फ्याक्दा निस्कने गर्दछ । त्यो तरल पदार्थ यदि बजारमा खुलेआम बिक्ने तेजाव हो र निशाना कुनै जमिन(धरातल) नभएर कुनै युवतीको अनुहार होस्, तब त्यहाँ ‘छपाक’को आवाज निकै कारुणिक सुनिन्छ । तर, मेघना गुलजारको ‘छपाक’ रोनाधोनाको कहानी होइन, यो कहानी हो आधा आकाश र आधा पृथ्वी समेट्ने एक नारी हृदयको ।नारी हृदय जो, अनुहारभर दाग बोकेर पनि घृणाको आगो बोकेर हिडीरहेकी छैन ।

बलिउड अभिनेत्री दीपिका पादुकोण, जसलाई सुन्दरताको विम्बको रुपमा पुरा दुनियाँले नियालीरहेको छ । सोहि दीपिका यस फिल्ममा सुन्दरताको परिभाषा बदल्न यसरी लाग्छिन् कि दुनियाँ देखेको देख्यै हुन्छ । यो कहानी हो मालतीको हो । मालती दुनियाँको आधा जनसंख्या मध्येको कुनै पनि युवती हुन् सक्छे । मालती हाम्रो घरपरिवार वा छरछिमेकको कोही युवती हुनसक्छे जो जीवनलाई एउटा उचाईमा पुर्याउन प्रयासरत छे । र, यसक्रममा ऊ जीवनमा आइपर्ने तमाम उल्झनहरूसँग लड्न कटिबद्ध छे । तर यहिबीच एक ‘छपाक’ को कारण उसको दुनियाँको नापनक्सा पूर्णत बर्बाद हुन्छ । यद्द्पी ऊ आफ्नो अनुहार लुकाएर अज्ञातवासमा बस्दिन । उसलाई अमोल नामक दोस्तको साथ् हुन्छ, जसले मालतीलाई जिन्दगीका हर अप्ठ्यारा परिस्थितिमा साहस भरिएको साथ् प्रदान गर्छ । र, यसपछि मालती निक्लिन्छे- एक यस्तो लडाईमा, जहाँ उसको जीतको कथा दुनियाँमा सबैभन्दा ज्यादा तेजाव आक्रमण हुने देश ‘भारतको सर्वोच्च न्यायलय लेख्न बाध्य हुन्छ ।

Image result for CHHAPAAK

फिल्म ‘छपाक’ दीपिका पादुकोणको करियरको त्यो ठाडो भिर हो, जहाँबाट उनलाई लडाउन वर्तमान समयमा भारतको राजनीति र सामाजिक अभियन्ताहरू मरिमेटेर लागिपरिरहेको छ । पछिल्लो दिनको उनको जेएनयूको उपस्थिति पब्लिसिटी स्टन्ट भएको हल्ला बजारमा भरपुरसँग प्रचार गरिएको छ । तर, कुनै पनि राजनीतिक दबादलाई पूर्णत वेवास्ता गरेर आफ्नो अवस्था चित्रण गर्ने ‘छपाक’ दीपीकाको मात्रै होइन हर ती युवतीको कथा को जसले जिन्दगीमा केहि गरेर देखाउने अठोट लिएका छन् । र, यहि अठोट नै यो फिल्मको जीत हो। दीपिका त बस् सन्देश फैलाउने एक माध्यम हुन् । दीपिका फिल्म मार्फत बस बाटो मात्रै देखाईरहेकी छिन् । उनले यस फिल्ममा देखाएकी अभिनय कलाले उनलाई राष्ट्रिय फिल्म पुरस्कार दिलाउने ल्याकत राख्दछ ।

Image result for CHHAPAAK

दीपीकाको अलावा यस फिल्ममा आफ्नो प्रभाव छोड्ने अर्को नाम हो- विक्रान्त मैसी । फिल्म सन्जुमा विकी कौशलले जसरी ताली नै ताली समेटेका थिए, त्यहिँ अवस्था यहाँ मेसीको देख्न सकिन्छ । यस फिल्ममा मैसी एक सरप्राइज प्याकेजको रुपमा देखिएका छन् । फिल्मा असली तेजाव आक्रमणको शिकार भएका युवतीहरूलाई पनि देखाइएको छ, जसमा कुनै शंका छैन उनीहरूको अभिनय वास्तविक जस्तो नादेखिनेमा ।

फिल्म हेरेर निस्कीसकेपछी हरकोही एकफेर जरुर सोच्नेछन्- दीपिकाको गालाको डिम्पलको नामोनिशान मेटाउने तेजाव यतिखेर कसैले अर्को युवतीको अनुहारमा त् खनाउन खोजिरहेको छैन ? कतै फेरी अर्को ‘छपाक’ को आवाज त सुन्नु पर्ने होइन ? 

अमर उजालाले फिल्म ‘छपाक’लाई चार स्टार दिएको छ ।