समाचार

पाँच पुस्तक एकैपटक विमोचित

काठमाडौं । विश्व हिन्दी दिवसका अवसरमा आज राजधानीमा हिन्दीमा अनुवाद गरिएका पाँच वटा पुस्तक विमोचन भएका छन् ।

सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठी र भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले संयुक्तरुपमा ती पुस्तक विमोचन गरेका हुन् ।

भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागको आयोजनामा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘अश्वत्थामा’, बाह्रखरी बुक्सको ‘उत्कृष्ट कथा–२०७६’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘काव्यसाधना’, त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागका दुईवटा प्रकाशन ‘साहित्य लोक’ र प्रेम चन्दका ‘पाँच कथा’ आजै विमोचन गरिएका हुन् ।