गण्डकी प्रदेश

तनहुँमा बस दुर्घटनामा दुईको मृत्यु

तनहुँ । शुक्रबार तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा परि मृत्यु हुनेमा तनहुँ घिरिङ गाउँपालिका–१ की २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने जानकारी दिए ।

उपरिक्षक लामिछानेका अनुसार दुर्घटनामा परि १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । बिहान १०ः१५ बजे दुर्घटना भएको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै छ ।