पर्यटन/संस्कृति

क्यानडियन मन्त्रीले गरे नेपाल भ्रमण बर्षको उद्घाटन

काठमाडौं । नेपाल सरकारले एकै दिनविभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवातगर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्रीतथा सांसदबाट कार्यक्रमको उद्घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन मन्त्री, साम्सद, विभिन्नदेशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्वय समितीका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण बर्ष सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणका लागिविश्वकै नमुना देश नेपालभएको भन्दै आफू पनि नेपालको भ्रमण गर्न उत्साहित रहेको उहांको भनाइ थियो । यस्तै साम्सदचन्द्र आर्याले नेपाल भ्रमण बर्षको स्वागतगर्दै नेपालको बारेमाआफू नजिकैबाट जानकार रहेकोले नेपाल घुम्नका लागिअत्यन्तै महत्वपूर्ण देश भएको बताएका थिए । आफू पनि एक पटक नेपाल घुम्न जाने अवसर पर्खिरहेको उनका कथन छ ।

क्यानडाकालागी नेपाली राजदुत भृगु ढुङाना, गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्षचिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पलथोप्पी र क्यानडियन सासम्दचन्द्र आर्याले दिपप्रज्जल नगर्दै नेपालभ्रमण बर्ष सफलताको कामना गरेका थिए ।

कार्यक्रमा अथितिहरुलाई स्वागतगर्दै राजदुत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आवश्यक पुर्वाधार सम्पन्नगरि २० लाखपर्यटक भित्र्याउनतयार रहेको बताउदै क्यानडियनमन्त्रीतथा सांसदहरुलाई नेपाल भ्रमणको लागिनिम्तो दिएका थिए। साथै उहांले क्यानडामा रहेकाविभिन्न नेपाली संघसंस्थाहरुसंग सहकार्य गरि भ्रमण वर्षको प्रचार प्रसार तीव्र पारिने पनि स्पष्ट पारेका छन् ।

यसै गरि गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्षतथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा सम्योजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउदै गरेको भ्रमण बर्ष सफलबनाउन नेपाल सरकार, राजदुताबास, नेपाली समुदायका संघ सस्थाहरु र एनआर एन ए क्यानडाले हातमाहातमिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदाय मा प्रचार प्रसार गरिने बताए । साथै उनले एनआर एन ए क्यानडाले यसअघि नै विभिन्नकार्हक्रमहरु विच भ्रमण वर्षको प्रचार प्रसार शुरु गरिसकेको स्पष्ट पारेका थिए ।

यस्तै राजदुताबासका बैदेशिक मामला हेर्ने अधिकृत प्रकाश अधिकारिले नेपालको पर्यटन स्थानतथा सुबिधाहरुको बारेमा स्लाईड शो मार्फत सहभागीहरुलाई जानकारि गराएका थिए । कार्यक्रममा क्यानडाकै लोकप्रिय म्युजिकल ब्याण्ड हिमालयन भाईब्सको सांगतिक प्रस्तुतीले कार्यक्रमको वातावरण रोमाञ्चक बन्न पुगेको थियो भने विदेशी पाहुना पनि निकै चाख दिएर हेरिरहेका देखिन्थे । टोरोन्टो, ब्राम्पटन, मिसिसागा लगायतका शहरबाट पनिलामो दुरि पार गरेर नेपाली प्रतिनिधिहरु कार्यक्रममा सहभागीहुन राजधानी अटोवा पुगेका थिए ।

कार्यक्रममा अटोवाबाट एनआरएनए प्रतिनिधि सन्तोष बराल, रमेश बानिया, भानुभक्तआचार्य , डा. राजेन्द्र पराजुली सहभागी थिए भनेत थाब्राम्पटन र टोरोन्टोबाट प्रवासीमञ्चकाअध्यक्ष रमेश थापा, एनसीएनसीअध्यक्ष सन्तराज भण्डारी, लाली गुरांस स्पोर्टस क्लवका अध्यक्ष उत्तम श्रेष्ठ, एनआरएनए मिडिया कोअर्डिनेटर एवं पत्रकार बद्रीतिमल्सिना, एनआरएनए क्यानडाका सचिव फडिन्द्र श्रेष्ठ, यूवा संयोजकइश्वर खत्री लगायतका प्रतिनिधिहरु लामो दुरि यात्रा गरेर कार्यक्रममा सहभागी हुन पुगेका थिए ।