मनोरञ्जन

गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडिमा !

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक मनिष लोप्चनको आवाजमा रहेको आधुनिक गीत ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” को भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा निकै भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा जिवनका रमाइलो पललाई समेटिएको गायक मनिषले बताए । मनिष लोप्चनको शब्द तथा टिका बोम्जनको संगीत गीतमा रहेको छ ।

रविन बजगाईँको छायाँकन , प्रकाश एस केको सम्पादन तथा राम शरण आलेको निर्देशन भिडियोमा रहेको छ । ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” गीतको भिडियोमा राज तामाङ र प्रिति तामाङको फिचरिङ रहेको छ ।

गितको भिडियोः