स्वास्थ्य

सुकमेल खादा हुन्छ यस्तो फाईदा हेर्नुहोस्

काठमाडौं । मसलाका रुपमा प्रयोग गरिने सुकुमेल खानका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । सुकुमेलमा प्रशस्त मात्रामा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ ।

१ सय ग्राम सुकुमेलमा ३ सय क्यालोरी इनर्जी, ८ ग्राम कार्बोहाइड्रेट, ११ ग्राम प्रोटिन, २८ ग्राम फाइबर र न्यून मात्रामा कोलेस्टेरोल पाइन्छ । सुकुमेलको प्रयोगले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्नुका साथै रक्तसन्चारमा सुधार गरी मुटुसम्बन्धी समस्याबाट राहत दिने गर्छ ।

दाँतसम्बन्धी रोग, मुत्रनलीको संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि फाइदा पुर्याउने सुकुमेलले नपुंसकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्यालाई पनि समाधान गर्छ । यसमा पाइने एन्टीमाइक्रोबियल तत्वले शरीरको पिडालाई घटाउन मद्दत गर्छ ।

यसको सेवनले घाँटी सुकेको, दमको समस्या, श्वासबाट आउने दुर्गन्धको समस्यालाई समाधान गर्छ । टाढाको यात्रा गर्दा बान्ता आउने गर्छ भने सुकुमेल उक्त समस्या समाधान गर्नका लागि उपयोगी हुन सक्छ । सुकुमेलको नियमित सेवनले मानसिक तनाव तथा डिप्रेसनलाई समेत हटाउन सक्छ ।