कृषि

उखु किसानको रकम भुक्तानि भए – नभएको बारेमा आजदेखी अनुगमन गरिँदै

काठमाडौं । चिनी मिलहरुले वर्षाैदेखीको आफनो मेहनतको पैसा भुक्तानि नगरेको भन्दै उँखु किसानहरुले केही दिनअघि काठमाडौंमा आएर संर्घष गरेका थिए । विभिन्न विरोध, धर्ना, ज्ञापन पत्र बुझाउने लगाएत सरकारको ध्यान बारम्बार केन्द्रित गरेपछि उनिहरुको मागको सुनवाई भएको थियो ।

त्यसपछी सरकारले आन्दोलनरत किसानसंग वार्ता गरेको थियो । वार्तामार्फत पुस १८ गते आगामी माघ ७ गतभित्र सबै रकम भुत्तानी गर्ने सहमती भएसंगै उनिहरुले आन्दोलन फिर्ता लिएर घर फर्किएका थिए । र माघ ७ आउन पनि थोरै समय बाँकि छ, यसै सन्र्दभमा सरकारले उखु मिल सञ्चालकले किसानको बक्यौता रकम दिए–नदिएकाबारे अनुगमन गर्ने भएको छ ।

सरकार र उखु किसानबीच भएको सहमती अनुसार किशानले पैसा पाउछन् या पाउँदैनन् भन्ने कुराको जानकारी लिनका लागि आजदेखी अनुगमन थालीने उद्योग वाष्ज्यि तथा आपुर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसिले बताईन् । अनुगमनका लागि मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठ पठाएको र आजदेखी विभाग र जिल्लामा अन्य संयन्त्रको अनुगमन गरिने भएको छ ।

गएको पुस १८ गते सम्झौता भएपछि केही मिल सञ्चालकले उखु किसानको भुक्तानी बापतको रकम दिन सुरु गरिसकेका छन् । सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले किसानको दिनुपर्ने २१ करोड रुपैयाँमध्ये १३ करोड रुपैयाँ किसानको खातामा जम्मा गरेर मिल सञ्चालन गर्न थालेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

सर्लाहीकै अन्नपूर्ण सुगर मिलले भने उखु किसानलाई दिन बाँकी ५० करोडमध्ये दुई करोड रुपैयाँमात्रै दिएको छ । नवलपरासीको बाग्मतीले पनि केही रकम दिएर मिल सञ्चालन गरेको छ भने नवलपरासीकै इन्दिरा सुगर चिनी मिलले ९ करोड रुपैयाँ किसानलाई दिन बाँकी भएकोमा दिए, नदिएको बारे जानकारी नभएको मैनालीले बताए ।