समाचार

शनिबारबाट तिन दिनसम्म उपत्यका लगाएत मुलुकभरको मौसम सफा रहन्छः मौसमवीद

काठमाडौं । उपत्यका लगाएत मुलुकभर बिगत केही दिनदेखी परिरहेको वर्षाले अत्यधीक चिसो भएको छ । तराई क्षेत्रमा वर्षा र हिमालि पहाडी, भेगमा भारी हिमपात र वर्षाका कारण त्यहाँको जनजिवन प्रभावीत भएको छ । यस्तै यो मौसममा भने केही सुधार हुने भएको छ । शनिबारदेखी मुलुकैभरीको मौसम तिनदिनसम्म सफा रहने मौसमवीदले बताएका छन् ।

यस्तै शुक्रबार आजदेखी भने मौसममा केहि क्रमिक सुधारहुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘शुक्रबार आजदेखी मौसममा क्रमिक सुधार हुने देखिन्छ। मुलुकभर शनिबारदेखिमात्र मौसममा सुधार देखिनेछ । मौसमी सुधार सोमबारसम्म कायम रहने देखिन्छ।’

केही दिनयता मुलुकका पश्चिमी तथा मध्य र पूर्वी पहाडी भूभागमा बदली रहेको छ। यी भू भागमा विहिवार पनि सामान्य बदली भएको थियो। मुलुकका उच्च पहाडी तथा हिमाली भू भागका केहि स्थानहरुमा पनि हल्का हिमपात भएको छ। शुक्रवार दिउँसो मुलुकका पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रहने जनाइएको छ। बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्य र पूर्वी पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। राती भने पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

शनिवार पनि पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रहने छ। बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।