शिक्षा

विद्यालय व्यस्थापनको गुणस्तरियतामा नगर प्रमुख सरावगीको जोड

वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीको पहलमा महानगरपालिकामा रहेको सुमदायीक बिद्यालयहरुको गुण स्तरियता सुधारसंगै विद्यालयहरुको व्यवस्थापनलाई उत्कृष्ट बनाउने कार्यलाई तिब्रता दिइएको छ ।

शिक्षा क्षेत्रको सुधारबाट नै समाज को विकास सम्भव भएकोले बिरगंज माहानगरपालिका नगर प्रमसख सरावगीले बिद्यालय सुदृढिकरण अभियानलाई तिब्रता दिएको हो । विद्यालयहरुद्धारा प्रदान गरिने अध्यन अध्यापन लगायत चलिरहेका विभिन्न सुधारात्क कार्यहरुको नगर प्रमुखसरावगीद्धारा अवचक निरिक्षण कार्यलाई निरन्तर्ता दिने गरेका छन् । सोही क्रममा बिहिबार दिउसो नगर प्रमुख सरावगीले नेपाल राष्ट्रिय आधारभूत विद्यालय चर्कोट परसवाका छडके निरिक्षण गरेको हो ।

बिरगंज महानगरपालिका भित्र रहेका ९० वटै बिद्यालयमा व्यवस्थापन सुधारको अभियानलाई लागू गरिएको जनाइएको छ ।परसवामा रहेको उक्त विद्यालयको भौतिक अवस्था जरजर भएकोले गर्दा विरगन्ज महानगरपालिकाले विद्यालयको पुरानो भवनलाई भत्काएर नया भवन बनाउने कार्यलाई अगाडि बढाएको छ । विद्यालयमा चलिरहेो पुन निर्माणका कार्यहरुको बारेमा नगर प्रमुख सरावगीले अनुगमन गर्नुका साथै भैरहेको काम र पढाइको अवस्था लगायत सम्पुर्ण गतिविधिबारे प्रधानाध्यापक एवम शिक्षक तथा बिद्यार्थीहरु छलफल गर्दै विद्यालयमा चाहिने सबै खाले सुधारका काम महानगरपालिकाद्धारा गरिने प्रतिवद्धता व्यक्त गरे ।