आर्थिक

सिटी एक्सप्रेसको ‘लखपति एक्स्प्रेस-२०७६’ को विजेता घोषित

काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ – न यति न उतिसिधै लखपति” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक– टेलिमनीबाट पैसा पठाई बम्पर उपहार रु. १०,००,०००/- को लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीचसिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरियो । यस उपहार योजना अवधीभर हाल सम्म दैनिक उपहार योजनाअन्तर्गत ९०० जनाले रु २००/- को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १०,०००/- नगद र ३जनाले रु १००,०००/- नगद प्राप्त गरि सकेका छन्।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ -न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० /-को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमारु १०,००० /- तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० /- अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १०,००,००० /- बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागिदशैं, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो ।

यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।