पु.समाचार

नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण

वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले जनताको घरमै पुगेर कम्बल वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आइरहेका छन् । बिहिबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२का वडावासीहरुको घरमै पुगेर नगर प्रमुख सरावगीले कम्बल बितरण गरेका हुन् ।
जगदम्बा सिमेन्ट मिल्स प्रा. ली., जगदम्ब एस एस पाइप प्रा. ली. र सर्बोतम स्टिल्स प्रा. ली. का संचालक उधोगपति राजेश अग्रवालको आर्थिक सहयोगमा चोर्नी र परसवा गाउका आर्थिक कमजार भएका परिवारलाई नगर प्रमुख सरावगीले उक्त कम्बल बितरण गरिएको छ ।
कार्यक्रममा दुवै गाउँमा रहका एकल महिला एवम वृद्ध – वृद्धाहरुलाई १५० थान कम्बल वितरण गरिएको थियो । उक्त कम्बल वितरण कार्यक्रममा नगर प्रमुखका राज राजनितीक सल्लाहकार मुकेश कु द्विवेदी, समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष बासुदेव यादव, पार्टिका महानगर अध्यक्ष ईश्वर यादव , युवा नेता पिन्टु उपाध्याय ,जगदम्बा प्रालिका प्रतीनिधी विवेक कुमार, लगायत स्थानीय नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।