तस्विरहरु

माईतीघरमा नबिन्दराज, गगन र प्रदीपको सरकारबिरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाली कांग्रेसको निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डामलामा संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ । माईतिघरमा गुवा नेताहरु नविन्दराज जोशी, गगन थापा र प्रदीप पौडेल लगायतका काँग्रेस नेताहरु सरकार बिरुद्धको प्रदर्शन र विरोधमा उत्रिएका थिए । 

नेपाली कांग्रेसले संसदीय समितिले पारित गरेर संसदमा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको बोल्‍न पाउने अधिकार अथवा अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेको हो । 

 माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए । त्यसमध्येकै एक प्लेकार्डमा यस्तो लेखिएको थियो..

यतियति पानी

बालुवाटारकी रानी

नेपाल ट्रष्ट खानी

त्यतिलेख्यो भने ५ वर्ष जेल जानी ….

विरोध सभामा सरकारले नेपाल ट्रष्टलाई सरकारी जग्गा उपभोगका लागि दिएकोदेखि बालुवाटारको जग्गा अतिक्रमण र सूचना प्रविधि विधेयकले नागरिकलाई सरकारको विरोध गरेको आधारमा पाँच वर्ष जेल हाल्नेलगायतका मुद्दालाई समेटेर विभिन्‍न नाराहरु तथा प्लाकार्ड प्रदर्शन गरेका थिए ।

विरोधसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए ।