राजनीति

म निर्वाचित सभापति हुँ, मैले आफूले गरेका निर्णयलाई नै मान्न छाड्ने हो भने पार्टी कसरी चल्छ ?- देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र संस्थापन पक्ष र इतरपक्षबीच विवाद चर्कदै गइरहेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले गरेको निर्णय नमान्ने भन्दै पौडेल पक्ष र सिटौलापक्षले आफू निकट सभापतिको भेला गराए ।

तीनदिन सम्म पार्टी कार्यालय सानेपामा चलेको भेलामा असन्तुष्ट जिल्ला सभापतिहरुले शेरबहादुर देउवालाई निर्णय सच्याउन दवाब दिने निर्णय गरे । विहीबार शेरबहादुर देउवा निवासमा दबाव दिन पुगेका असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाले कडा जवाफ दिएका छन ।

उनले भने, म निर्वाचित सभापति हुँ।  मैले आफूले गरेका निर्णयलाई नै मान्न छाड्ने हो भने पार्टी कसरी चल्छ ? तपाईहरु पनि जिल्लामा निर्वाचित सभापति हो, तपाईहरुका निर्णयविरुद्ध पनि यसरी नै पराजित भएका उम्मेदवारहरुले भेला गरे भने के गर्नुहुन्छ ?’

गत सोमबारदेखि काठमाडौंमा पार्टीका आन्तरिक विषयमा परामर्श गर्न आएका पार्टीका ४३ जिल्लाका सभापतिहरूलाई देउवाले बिहीबार लन्चका लागि बोलाएका थिए । सभापति देउवाले पार्टीलाई गतिशील बनाउन जिल्ला सभापति र केन्द्रले पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको मिति अघि सार्न नसकिने बताएका छन् । असन्तुष्ट जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशनका लागि तोकिएको २०७७ साल फागुनको मिति सार्न नसकिने स्पष्ट पारेका हुन् ।

जिल्ला सभापतिहरुले अहसहमतिबीच निर्णय गरिएको, विधानका धारा निलम्बन गरिएको भन्दै वरिष्ठ नेता र महामन्त्रीसँग  छलफल गरेको बताएका थिए । छलफलको क्रममा जिल्लासभापतिहरूले पार्टी सभापति देउवालाई पार्टीलाई गतिशील बनाउन सुझावहरू दिएको बताइएको छ ।

जिल्ला सभापतिहरूले दिएको सुझाव यसप्रकार छ;