अन्तर्राष्ट्रिय

गोली हानेर हजारौंको संख्यामा उँट र घोडा मार्दै अष्ट्रेलिया..

एजेन्सी । दक्षिणी गोलार्द्धमा पर्ने देश अष्ट्रेलियाको जंगलमा आगलागी बढीरहेको छ । अन्तराष्ट्रिय  समाचार एजेन्सीहरूले छिटपुट पानी परिरहेको र स्थिति केहि हदसम्म नियन्त्रणमा आइसकेको बताईरहेका छन् । सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि समाचारहरू पनि आइरहेका छन् ।

गत साता देखि अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिरहरू सार्वजनिक भइरहेका छन्, जहाँ हजारौं जीवजन्तु एवम् चराचुरुङ्गीहरूको करुणामय मृत्युको चित्रण भेट्न सकिन्छ । जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन् ।

वर्तमान अवस्थामा आगो नियन्त्रणमा आइहाल्ने अवस्था पनि सिर्जित नभइसकेको जानकारहरू बताईरहेका छन् । आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्यान गुमाएका छन्, सयौं घर जलेर ध्वस्त भएका छन् । साथै लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षीहरू खरानी बनेका छन् । 

यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन । न्यू साउथ वेल्स र क्विन्सल्याण्ड राज्यका धेरै भागमा  सन् २०१७ को सुरूदेखि नै निकै कम पानी परेको थियो । त्यो खडेरीले देशको कृषि क्षेत्रलाई प्रभावित बनाएको थियो। तीमध्ये केही क्षेत्रमा अहिले आगो दन्किरहेको छ ।

वैज्ञानिक अध्ययनहरूका अनुसार जलवायु परिवर्तनको प्रभावमा अष्ट्रेलिया निकै संवेदनशील देश हो । अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन  गर्छ। यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ ।  

हजारौं उँटलाई गोली हानेर मारिने :

यसैबीच एउटा अर्को खबर आएको छ- सत्ता चलाइरेको कन्जरभेटिभ गठबन्धनले बढ्दो गर्मिलाई मध्यनजर गर्दै हजारौं उँटलाई गोली हानेर मार्न आदेश दिएको छ ।

पिउने पानीको अभावमा तिर्खाले छटपटाएका हजारौं उँट वस्तीमा आएर नोक्सानी पुर्याएको कारण सरकारले बाध्य भएर सो निर्णय गरेको बताइएको छ । ‘उँटहरु पानीको खोजीमा बाटोमा हिँडिरहन्छन्, बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौं,’ स्थानीयहरूले गुनासो गरेका छन् ।

साथै केही छाडा घोडासमेत मारिने जनाइएको छ। उँटलाई मार्न अष्ट्रेलियाको जल तथा वातावरण विभागले निशानेवाज बोलाउने बिबिसीले जनाएको छ। उँट र घोडालाई अनंगु पिट्जन्तजतजारा यानकुनिटजत्जारा (एपीवाई)भन्ने ठाउँमा मारिनेछ।

उँट त्यहाँको स्थानीय जनावर होइन, १९औं ‍शताब्दीमा बेलायतीले भारत, अफगानिस्तान र मिडल इस्टबाट ल्याएका थिए।