राजनीति

असन्तुष्ट जिल्ला सभापतिहरु देउवा निवास पुगे

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्डमा शुरु भएको छ ।

सभापति देउवा निवास पुगेका जिल्ला सभापतिहरुलाई देउवाले सम्बोधन गरेका छन् ।

संस्थापन पक्षले बहुमतका आधारमा विधान संशोधन गर्दै विभागहरु थप गर्नुका साथै महाधिवेशनको मिति एक वर्ष पछि सारेपछि असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला भएको थियो ।

पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेलापछि उनीहरु देउवा निवास पुगेका हुन् । असन्तुष्ट जिल्ला सभापतिहरुले देउवालाई निर्णय सच्याउँन दबाब दिएका छन् ।