प्रवास

वर्तमान नेतृत्वले नेपालीको हकहितमा काम नगरेको भन्दै आचार्यले बोलाए अधिवेशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनका) निर्वतमान उपाध्यक्ष  कुल आचार्यले वर्तमान नतृत्वले बिदेशमा रहेका नेपालीहरुको हक हितका काम नगरेको बताएका छन् ।

मंगलबार हिँजो लण्डनमा पत्रकारसंगको कुराकानिमा उनले लाखौं एनआरएकाहरुको श्रम र पसिना जोगाउन नसेको भन्दै वर्तमान नेतृत्वको कडा आलोचना गरे ।

विभिन्न देशमा बसोवास गरीरहेका नेपालीहरुको आफनो सम्पत्ति कसरी सुरक्षित रहन्छ र सर्वसुलभ ढंगले कसरी गैरआवासीय नागरिकता पाउन सक्निछ भनेर पनि कुनै चासो नलिएको आरोप पनि लगाएका छन् । संसदको अधिवेशन सुरु हुनैलाग्दा नेतृत्वमौन वस्नु खेदजनाको भएको बताए ।

साथै आाचार्यले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको नवौं विश्व सम्मेलनले आर्थिक र सांगठनिक प्रतिवेदन पारित नगरेको बताउँदै अधिवेशन बोलाएका छन् ।

एनले आर्थिक र सांगठनिक प्रतिवेदन पास नहुनुले संस्थाको गरिमामाथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु आउने गरेको भन्दै दुःख व्यक्त गरेक छन् ।

आचार्यले आईसीसीको हालै बसेको भनिएको बैठकबारे पनि प्रश्न उठाएका छन् । बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भन्दै उनले त्यसमाथि प्रश्न उठाएका हुन् ।

आचार्य गत अक्टोरमा सम्पन्न एनआरएन निर्वाचनमा कुमार पन्तसंग पराजित भएका थिए । अघिल्लो कार्यकालमा उपाध्यक्ष भएका उनले काठमाडौमा सम्पन्न एनआरएनए चुनावमा अनियमितता र धााधली भएको आरोपसमेत लगाउादै आइरहेका छन् ।