राजनीति

‘राजा ज्ञानेन्द्रको जस्तो आफू सानो हुने संस्कार गणतन्त्रका नेताले सिक्नुपर्छ’– नेता भण्डारी

काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता चन्द्र भण्डारीले ट्वीट् गर्दै राजा ज्ञानेन्द्र शाहको प्रशसा गरेका छन् । उनले आफ्नो झापाको भद्रपुर बिमानस्थलमा पुर्व राजा ज्ञानेन्द्र शाहसँग भेट भएको कुरालाई जोड्दै पुर्व राजा ज्ञानेनद्र शाहलाई नमस्ते गर्नुभन्दा अगाडी नै आफूलाई नमस्ते गरेर संस्कार देखाएकोमा आफू लज्जित भएको बताएका छन् । नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै शाह परिवार काठमाडौं फर्कने क्रममा भएको अप्रत्याशित भेटको बिषयमा लेख्दै सिष्ट स्वभाव मिठो बोलीका साथमा नेपालको एक सस्कृतिको प्रतिनिधित्व गरेको महसुस भयो, भनेका छन् । नेता भण्डारीले अहिलेका राजनीतिक नेतृत्वले राजा ज्ञानेन्द्रं शाह परिवारसंग संस्कार सिक्नुपर्ने संकेत गर्दै उक्त स्टाटस लेखेको देखिन्छ । उनले उक्त स्टाटसमा गणतन्त्रको ठाडै बिरोध र राजतन्त्रको समर्थन नगरेपनि गणतन्त्रमा संस्कार नभएको संकेत भने बुझ्न सकिन्छ ।

नेता भण्डारीको स्टाटस् : पुर्वराजा आदरणीय श्री ज्ञानेन्द्र शाहसंग भद्रपुर विमान स्थलमा भेट भयो । उहाँहरु काठमाण्डु फर्कने क्रममा हुनुहुदो रहेछ । पहिले नमस्ते पाउदा असजिलो लाग्यो । सिष्ट स्वभाव मिठो बोलीका साथमा नेपालको एक सस्कृतिको प्रतिनिधित्व गरेको महसुस भयो ।