मनोरञ्जन

बलिउड सुपरस्टार अक्षय कुमार बिरुद्ध किन पर्यो उजुरी ? यस्तो छ कारण !

एजेन्सी । कलिउड, बलिउड या हलिउड हरेक मुलुकका चलचित्र क्षेत्रमा आवद्ध कलाकारहरु कुनै न कुनै कारण बेला–बेलामा  विवादमा तानिएका हुन्छन्  । कति ठाउँ कार्यक्रममा गल्तिले होस् वा जानजानी कुनै जाती, भाषा, र धर्मकमा चोट पुर्याउने खालको अभिव्यक्ति दिएको भन्दै उनिहरु विरुद्ध उजुरी परिरहेको हुन्छ ।

यति मात्रै होईन चलचित्रमा समावेस डाईलगका कारण पनि समस्यामा परेका हुन्छन् कलाकार । यस्तै समस्यामा परेका छन् बलिउडका सुपरस्टार नाएक अक्षय कुमार । अक्षय कुमार विरुद्ध मराठी समुदायको भावनामा चोट पुर्याएको भन्दै उजुरी परेको छ । उनि आफलुे खेलेको पछिल्लो विज्ञापनमा कारण समस्यामा परेका हुन् ।

विज्ञापनका कारण उनिविरुद्ध मुम्बईको बरली प्रहरी चौकिमा उजुरी दर्ता भएको छ । अक्षयले भर्खरै मात्रै एक लुगा धुने पाउडर डिटरजेन्को विज्ञापनमा अभिनय गरेका थिए ।

सो विज्ञापनमा उनी मराठी राजाको भूमिकामा देखिएका छन् । युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ। त्यतिबेलै एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन् । त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ। विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन् ।

उजुरीमा भनिएको छ, डिटरजेन्टको विज्ञापनमा देखाइएका दृष्यले मराठीहरुको भावना र सम्मानमा चोट पु‍र्‍याएको छ । उजुरी सम्बन्धमा अभिनेता अक्षयले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सर्वसाधरणले यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन् ।