राजनीति

धनराज ओलीसंग आक्रोशितः १२ अर्ब सीधै भ्रष्टाचारको पछिल्लो काण्डले अति भो, अब खति हुन्छ

काठमाडौं । आजका पत्रिकामा सरकारले ११ अर्बमा पाईने सेक्युरिटी प्रेश २३ अर्बमा खरीद गरी १२ अर्ब भ्रष्टाचार गर्न लागिएको समाचार प्रकाशित भएका छन् । यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरङले ट्वीट् गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनि गरे खती हुनै हुँदा बेलैमा सचेत रहन आग्रह गरेका छन् । जनताबाट चर्को ‘कर’ उठाउने र ‘यती समूह’लाई बुझाउने हो सरकार ? भन्दै नेता गुरुङले प्रधानमन्त्री र सिंगो सरकारलाई प्रश्न गरेका छन् । नेता गुरुङले नयाँपत्रिकामा प्रकाशन गरिएको समाचारलाई समेत कटिङ गरेर उक्त स्टाटसमा जोडेका छन् । उनले नयाँपत्रिकाबाट देखाएको समाचारले यति समूह र १२ अर्ब भ्रष्टाचार ठाडै भएको देखाउँदै खति हुने संकेत गरेका छन् ।

उनको नयाँपत्रिकाको कटिङसहितको स्टाटस्ः जनताबाट चर्को ‘कर’ उठाउने र ‘यती समूह’लाई बुझाउने हो सरकार? श्रदेय प्रधानमन्त्रीज्यु, अति गरे खती हुन्छ!@PM_Nepal