अन्तर्राष्ट्रिय

राष्ट्रपति सालेहद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

एजेन्सी । इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गरेका छन् । उनले मध्यपूर्वमा विकसित ‘खतरनाक घटनाक्रम’प्रति चिन्ता प्रकट गरे ।

इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षेप्यास्त्र आक्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ । हामीले सार्वभौम इराकी भूमिमा भएका र हुनसक्ने सबैप्रकारका कानून उल्लङ्घनका घटनाप्रति फेरि एक पटक सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

” “रणभूमिमा रूपान्तरण गर्नेगरी भएका आक्रमण र सम्भावित आगामी गतिविधिप्रति इराक गम्भीर विरोध जनाउछ ।”गत शुक्रबार इराकको राजधानी बग्दादमा इरानी विशेष सुरक्षा बल कुड्सका प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको र मङ्गलबार उहाँको अत्येष्टि गरिएको थियो ।

इरानी जनरल अमेरिकी आक्रमणमा मारिएको बदलामा इरानले बुधबार बिहानै दर्जनभन्दा बढी क्षेप्यास्त्र अमेरिकी सैनिक रहेको इराकी शिविरमा लक्षित गरी आक्रमण गरेको थियो । इरानले उक्त आक्रमणमा करिब ८० अमेरिकीको मृत्यु भएको दावी गरेको छ ।

यसको स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकी राष्ट्रपतिले क्षेप्यास्त्र आक्रमणबाट आफ्ना नागरिकलाई केही नभएको तर यस सम्बन्धमा बिस्तृत विवरण दिन बुधबार एक विज्ञप्ति जारी गर्ने